तराईमा बाढीको आतंक

तराईमा बाढीले खेत डुबाएकोछ खेती गर्ने खेतलाई खोलाको बगर जस्तो बनाएको छ । लगाएको बालीलाई स्वाहा पारेको छ । तराईको अधिकांश जनताहरु पानीमाथी बस्न बाध्य भएकाछन् । खोलाले सधैनै तराईको जनताहरुलाई त्रासमा बस्नबाध्य बनाएको छ खोला छेउछाउमा बस्नेहरु त झन रातमा सुत्न सक्दैनन सानो बर्षा हुदा पनि खोला आउछ र बगाउछ की भन्ने त्रासले गर्दा मानीसहरु रातारात जागै बस्नुपर्ने बाध्यता भएको छ । सधै जसो तराईको जनताहरुले यो समस्या भोग्दै आएका छन् । यो बर्षपनि यस्तै हुन्छ भन्ने त्रासले अधिकांश तराई त्रासीत भएको छ ।
गत बर्षपनि पुर्वमा झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी लगायतका तराई भागलाई बाढीले क्षतबिक्षत पारेको थियो । धन र जनको क्षती साथै पशु चौपायको त गन्ती छैन । बर्खाको समयमा भेल बाढी आउनु स्वभावीक नै हो तर सधैको बाढीबाट पाठ नसिकेर सधै यस्तै समस्यामा पर्नु चै हाम्रो कमजोरी देखिन्छ । खोलालाई आवश्यक सरसफाई नगर्नु, खोलालाई अतिक्रमण गरी बस्ती बसोबास गर्नु आदि कार्यले गर्दा तराईलाई डुबाईरहेको छ । तर यो कुराहरुलाई रोक्दामात्र भने डुबानबाट तराईलाई जोगाउन भने सम्भव छैन । सबै भन्दा मुख्य कारण हाम्रो सिमा क्षेत्रमा अवैध रुपमा छिमेकी देश भारतले बादेको बाधको कारण नेपालका जनताहरु हरेक बर्ष पानी माथी बस्न र पानीकै कारण ज्यान गुमाउन समेत बाध्य भईरहेका छन । भारतले नेपालको सिमाक्षेत्रमा ४ ओटा वैध र १५ ओटा अवैध बाँध बादेको कारण डुबानको समस्या नेपालको तराई क्षेत्रमा भएको छ । अन्तराष्ट्रिय मान्यता अनुसार सीमाको १२ किलोमिटर क्षेत्रमा बाँध बनाउन पाईदैन । तर नेपालको सीमाको ३० मिटरदेखी ३ किलोमिटर सम्ममा भारतले नेपाली भुभाग डुबानमा पर्ने गरी ठुला संरचना बनाएको छ ।
पुर्वमा मोरङको बक्राह नदिमा भारतले लुना बाँध बादेको छ नेपालबाट भारत तर्फ बग्ने नदिलाई भारतले बाँध बादेर लुना नदिमा हालेकोले गर्दा नदिको पानी जमेर मोरङको दक्षिणी भागलाई सधैको बर्खामा जलमग्न बनाउने गर्दछ । तेस्तै गरी कपिलबस्तुको सीमा क्षेत्रमा ३० मिटर लामो महलीसागर बाँध, दार्चूलामा धौलीगंगा बाँध, बर्दिया र कैलालीको दक्षिण भागमा गिरीजापुरी बाँध, राप्ती नदिको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध यो बाँध सँगै भारतले २ सय २५ किलोमीटर लामो र ५ मिटर अग्लो कलकलवा तटबन्धनको निर्माण गरेकोले गर्दा यस्ले बाकेलाई असर गर्ने गरेको छ । दाङको सीमा क्षेत्रमा कोईलाबास तटबन्धन, रुपन्देहीको मर्चवार नजिक रसियावाल खुर्दलोटन र फरेना बाँध छ, रौतहतको लालबकैयामा लालबकैया तटबन्ध छ । तेस्तै रौतहटमै अर्को बैरगनीया बाँध छ । सर्लाही र रौतहटको सीमामा बागमती तटबन्ध छ, धनुषा र सिरहाको सीमामा कमला नदिमा कमला तटबन्ध छ, सिराहा तटबन्ध पनि सीमा क्षेत्रमा नै रहेको छ । यो तटबन्ध ३ किलोमीटर लम्बाई र २० फिट चौडाईको छ । सप्तरीको लालापटि नदिमा गरेको बाँधलाई पनि मानीन्छ । भारतले वैध रुपमा बनाएको बाँध माहाकालीको सारदा ब्यारेज, गण्डक नहर, टनकपुर बाँध र कोशी ब्यारेज यी ४ ओटा बाँध मात्र भारतले वैध रुपमा बनाएको हो । कोशी ब्यारेजको सबै साचो भने भारतकै हातमा रहेको छ ।
यी सबै वैध र अवैध तरीकाले बनाएको बाँधको कारणले नदीको प्राकृतीक वहावलाई थुनीदीएकोले नेपालमा मानवीय र भौतीक क्षती बढ्दै गएको छ । खेती योग्य जमीन बर्षेनी खोलाको बगरमा बदल्दै ल्याईरहेको छ । सानो बर्षाले पनि ठुला ठुला क्षती गरीरहेको छ सीमा क्षेत्रमा बसोबास गर्ने नागरीकहरुले भारतको एकलौटी यस्तो कार्यमा सधै विरोध गर्दै आएपनि सरकारले भने यो बिषयमा खासै चासो नदेखाएको देखिन्छ । यी सबै समस्यामा सरकारको तर्फबाट दिर्घकालीन उपाय निकाल्नुपर्ने देखीन्छ । सीमा क्षेत्रलाई मात्र नभई शहरी क्षेत्रमा नदी नाला अतिक्रमण गरी बन्दै गरेको संरचनाहरुलाई रोक्ने अब्यवस्थीत बसोवासलाई रोक्ने नदी खोलाहरुमा आवश्यक ठाउँमा तटबन्धन गर्ने बाढीको सुचना दिन साईरन प्रयोग गर्ने हो भने पनि केहिमात्रामा जोगीन सहायता पुग्दछ । बाढीले सधै नै तराई डुबाउछ तर डुबाईसके पछि हतपत राहत बाड्नुले कुनै समस्याको सामादान हुदैन तर डुबानमा पर्ने क्षेत्रहरुको पहिचान गरी सो क्षेत्रहरुमा बर्खा पुर्वनै आवश्यक सतर्कता अपनाउनुपर्ने र उद्धारको कार्यमा पुर्व पर्याप्त तयारी सरकारले गर्ने हो भने बर्षेनी हुने तराईको धन जन को क्षतीलाई रोक्न सकिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *