अमेरिकामा नेप्लिज एसोसिएसन अफ फ्लोरिडाले राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत

आईसीसी टी–२० विश्वकप २०२४ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका पुगेको छ ।

नेपालबाट जाने विमानमा बिजनेस टिकट अभाव भएपछि टोली दुई समुहमा अमेरिका पुग्नेछ। शनिबार राति घरेलु मैदानमा वेस्ट इन्डिजसँगको खेल सकेर हिँडेको टोली अमेरिकाको फ्लोरिडा पुगेको छ।टोलीलाई अमेरिकामा नेप्लिज एसोसिएसन अफ फ्लोरिडाले स्वागत गरेको नेपाल क्रिकेट संघले जनाएको छ ।आइतबार दिउँसो प्रस्थान गरेको अर्को टोली पनि त्यहीँ जानेछ । सबै खेलाडी अमेरिका पुगेपछि नेपालले केही दिन फ्लोरिडामा अभ्यास गर्नेछ । त्यसपछि टोली वेस्ट इन्डिज जानेछ ।

वेस्ट इन्डिजमा विश्वकप हुने मैदानमा नै नेपालले अभ्यास खेल समेत खेल्नेछ । त्यसपछि टोली अन्तिम तयारीमा लागि टेक्सास पुग्नेछ। नेपालले टेक्सस र डालासमा अभ्यास गर्नेछ । आफ्नो पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ । जुन १५ मा दक्षिण अफ्रिका र समुह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ। नेपाल रहेको समुहका पाँच टोलीमध्य अहिलेसम्म दक्षिण अफ्रिकाले मात्र टोली घोषणा गरेको छ ।
विश्वकपका लागि नेपाल क्रिकेट संघ क्यानले १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *