खोटाङमा किसानले पालेका बाख्रा सङ्क्रमित

बैशाख २५, खोटाङ  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका किसानले पालेका बाख्रा सङ्क्रमित भएका छन् । बाख्रामा खोक्ने, नाकबाट सिँगान झार्ने, छेर्ने, धक्ने, घाँस–खोले नखानेजस्ता समस्या देखिएको स्थानीय किसान युवराज कट्वालले बताउनुभयो । साविकको लफ्याङ–२, लफ्याङ–९ र लफ्याङ–३ का किसानले पालेका बाख्रा सङ्क्रमित भएका छन् ।

पकेट क्षेत्र विस्तारका क्रममा आयात गरिएका र रैथाने प्रजातिको बाख्रामा सङ्क्रमण फैलिएको हो । केही सङ्ख्यामा बाख्रा मरेका छन् । रोग फैलिएका बाख्रालाई नगरपालिकाले खोरमै पुगेर खोप दिने व्यवस्था मिलाएको थियो । कतिपय किसानले एग्रोभेटबाट औषधि किनेर खुवाइरहेका छन् ।

घरेलु विधि अपनाएर बाख्राको उपचार गरिरहेको किसानले बताएका छन् । अहिले सङ्क्रमण घट्दै गएको वडाध्यक्ष दिनेश घिमिरेले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *