झापाको बिर्तामोडमा रड प्रहार गरि एक वृद्धाको हत्या

बैशाख २६, बिर्तामोड । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राती चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोली आइसकेको छ । घटनास्थललाई सुरक्षित राखिएको प्रहरीको भनाई छ । राती गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका र त्यहि चोरले एक्लै बस्दै आएकी वद्धालाई रडले हिर्काएर हत्या गरेको हुन सक्ने स्थानीयको भनाइ छ ।

राती अबेरसम्म छोरासँग कुरा गरेर बस्नुभएको थियो, चोर आयो भन्ने पनि कुरा भएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *