प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसको नारा , बैठक १५ मिनेटका लागि स्थगित

कांग्रेस सांसदहरूले संसदीय समिति गठन गर, सहकारी ठगलाई कारबाही गर भन्दै नारा लगाएका छन् । प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नारा लगाएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु गरेर राष्ट्रपति कार्यालयको पत्र पढ्ने कार्यसूची सुरु गर्न खोज्दा कांग्रेसका सांसदहरूले बसेको स्थानबाट उभिएर बैठक अवरुद्ध गरेका हुन् । केहीबेरपछि सभामुख घिमिरेले कांग्रेसका सांसद गगनकुमार थापालाई बोल्न समय दिएका थिए ।  थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबने बैठक अघि बढ्न नसक्ने बताएका थिए ।

साथै सभामुखले कांग्रेसकै अवरोधकै बिचमा राष्ट्रपति कार्यालयको पत्र पढ्ने कोसिस गरेका थिए। त्यसपछि कांग्रेस सांसदहरूले पुन अगाडि बढेर नाराबाजीसहित बेल घेर्न आएका हुन् । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *