कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा

बैशाख ३०, बिर्तामोड ।  सोलुखुम्बुका कामीरिता शेर्पा २९ औं पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँ गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखरमा पुग्नुभएको थियो । सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाको सगरमाथा आरोहण यात्रा सन् १९९२ मा आरोहण सहयोगीको रुपमा शुरु भएको थियो । ५४ वर्षका शेर्पाले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेत आरोहण गरिसक्नुभएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *