स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याईदा बिर्तामोड नगरपालिकालाई फोहोर व्यवस्थापनमा समस्या

अस्मिता साँखी
बैशाख ३०, बिर्तामोड । बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेको छ ।

अहिले फोहोर व्यवस्थापनमा नगरपालिकालाई सजिलो हुँदै गएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङग्रौलाले बताउनुभयो ।

झापाको कनकाई–विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले केहि महिना अघि फोहोर सेग्रीगेसन कार्य सुरु गरेको थियो । बायोग्यास उत्पादनका लागि सुरु गरिएको उक्त कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य सुरु गरेको हो । फोहोर सेग्रिगेसनमा भने समस्या भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङग्रौलाले बताउनुभयो । कुहिने र नकुहिने फोहोर घर, पसलबाटै छुट्टाएर नराखिँदा फोहोर सेग्रीगेसनमा भने समस्या देखिएको उहाँको भनाइ छ ।

नगरपालिकाले आफ्नो घर तथा व्यापार व्यवसायबाट निस्किएको फोहोर डस्टबिनमा फाल्ने बेलामै कुहिने र नकुहिने छुट्टयाएर राखिदिन अनुरोध गरेको भएपनि नगरबासीले त्यसो नगरिदिँदा समस्या देखिएको हो । फोहोरलाई उत्सर्जन स्थलमै कुहिने नकुहिने छुट्टाईदिए सजिलो हुने उपप्रमुख सङग्रौलाको भनाइ छ ।

फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने भएकोले घर, पसल, होटलमै कुहिने र नकुहिने फोहोर छुट्याउन नगरवासीलाई बिर्तामोड नगरपालिकाले अनुरोध गरेको भए पनि नगरवासीले उक्त अनुरोधमा सहयोग नगरिदिएका कारण फोहोर सेग्रीगेसनमा नै समस्या भएको नगर उपप्रमुखले बताउनु भएकोछ ।

कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृनिकाय र स्थानीय नागरिक समेतको परियोजनामा २२ करोड रुपैयाँ लगानीमा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि ग्यास प्लान्ट निर्माण गरिएको हो । प्लान्ट कनकाई नगरपालिका २ मा रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *