कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएको छ ।
कार्कीले एमालेबाट ४०, नेकपा माओवादी केन्द्रबाट १३, एकीकृत समाजवादीबाट ३ र जसपाको १ गरी ५७ मत प्राप्त गरेका हुन् । कार्कीको विपक्षमा शुन्य मत रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक रहेको थियो। आजको बैठकमा ६२ सांसद उपस्थित थिए । राप्रपाका ५ जना सांसद तटस्थ बसे भने प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिएका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *