क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन् । बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

२०७९ साल भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *