एमालेको बिर्तामोड नगर अधिवेशन जेठ १३ गते, ४९९ जना प्रतिनिधि सहभागी हुने

९ बैशाख, बिर्तामोड ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन जेठ १३ गते बिर्तामोडमा हुने भएको छ । बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको पार्टी प्यालेसमा अधिवेशनको उद्घाटन गरिने अध्यक्ष सुवास भट्टराईले जानकारी दिनुभयो ।

आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी र दोस्रो नगर अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । पार्टी केन्द्रीय सदस्य गिता अधिकारीले लोगो सार्वजनिक गरेकी हुन् ।

अधिवेशन तयारीको सन्दर्भमा जानकारी दिदैं अध्यक्ष भट्टराईले आयोजकसहित भूगोल, जनवर्गीय संगठन, मजदुर र मुक्ति समाजबाट ४९९ जना प्रतिनिधि सहभागी हुने बताउनुभयो । उहाँका अनुसार अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नुहुनेछ ।

उक्त अवसरमा साविक अनारमनी, गरामनी र चारपाने गाविसका पार्टी प्रमुखहरुलाई सम्मान गरिने बताइएको छ । अधिवेशनबाट नगरको नयाँ नेतृत्व सर्वसम्मत गरिने भट्टराईको भनाई थियो । सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने छ ।

०७८ कार्तिक १६ गते भएको प्रथम नगर अधिवेशनबाट निर्वाचित कमिटीको कार्यकालमा तीनै तहको निर्वाचनमा विजयी हासिल गर्न सफलता हासिल भएको बताइएको छ ।

नगर अधिवेशनको पूर्वसन्ध्यामा जेठ १२ गते बिर्तामोड सरसफाई कार्यक्रम आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा एमाले नेता देवराज कार्कीसहित नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *