चलचित्र ‘मेरो जुत्ता खोइ’ को छायांकन शुरु

जेठ ११, झापा । चलचित्र ‘मेरो जुत्ता खोइ’ को छायांकन शुरु भएको छ । इलामको फिक्कलमा आज (शुक्रबार) चलचित्रको शुभमुर्हत गरेसँगै चलचित्रको छायांकन शुरु गरिएको हो । चलचित्रमा रोहन सेन्चुरी, रचना शिवाकोटी, लनम लामा शेर्पा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी, पिटर खवास, कृष्ण सुबेदीको मुख्य अभिनय रहनेछ ।

मुखिया प्रोडक्सन प्रालि र अनुग्रह फिलिम्स प्रालिको प्रस्तुतीमा कुमार केसीको निर्देशनमा कमेडि धारमा निर्माण हुन् लागेको चलचित्र ‘मेरो जुत्ता खोइ’ ले सामाजिक मुद्दालाई उठान गर्दैछ ।

चलचित्र निर्देशक कुमार केसीको लेखनमा निर्माण हुन लागेको चलचित्रले नेपाली समाजका विविध समस्या हरुलाइ उठाएको छ। समाजमा देखिएका विभेदहरुलाइ अन्त्य गर्ने र समाजमा मिलेर बस्न सँगै माया, प्रेम एक आपसमा साटासाट गर्न समेत यस चलचित्रले सिकाउने छ। बुबाले छोरालाइ उपहार स्वरुप दिएको जुत्ता हराएपछि उक्त हराएको जुत्ता खोज्ने क्रममा उत्पन्न भएका समस्या र परिस्थितिहरु यस चलचित्रको मुख्य कथा रहेको लेखक तथा निर्देशक केसीले बताउनुभयो ।

८० देखि ९० लाख सम्मको अनुमानित बजेटमा निर्माण शुरु गरिएको चलचित्रको पहिलो छायाँङ्कन इलामको फिक्कलबाट झापा हुदै, इन्डियाको सिक्कीम, दार्जिलिङ लगायतका रमणीय स्थानहरुमा हुने कार्यकारी निर्माता डम्बरबहादुर बिस्वकर्मा (रोहन) ले बताउनु भएको छ।

चलचित्रमा कुमार केसीको लेखन तथा निर्देशन, बिनय पौडेलको मुख्य सहायक निर्देशन, प्रीतम मुखियाको निर्माण, बिकास चौधरीको संगीत, शिव ढकालको छायांकन, डम्बरबहादुर विश्वकर्मा९रोहन० को कार्यकारी निर्माण, सन्तोष खवासको द्वन्द्व, कमल राइको कोरियोग्राफी, सन्तोष खवासको प्रोडक्सन, लक्ष्मीप्रसाद खतिवडाको कला, कृष्ण सुवेदीको शृङ्गार रहने छ । चलचित्रको छायांकन ३० दिनमा सम्पन्न गर्ने निर्माण समुहले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *