मुग्लिन नजिकै चारवटा गाडी ठोक्किंदा एक जनाको मृत्यु, २२ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलोमा गएराति चारवटा गाडीको ठक्कर खाँदा एक जनाको ज्यान गएको छ ।  २२ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर भएको दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएकोमा अहिले दुईतर्फी नै खुलिसकेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार काठमाण्डौबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बस, ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासको लागि छुटेको ना ७ ख ३२४८ नम्बरको बस र बीरगञ्जबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुर र इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *