नेकपा एमाले बिर्तामोडको अध्यक्षमा भट्टराई, उपाध्यक्षमा बुढाथोकी निर्वाचित

१६ बैशाख, बिर्तामोड । नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित हुनुभएको छ ।

उहाँ अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले पछी पार्दै विजय हुनुभएको हो। भट्टराईले २६८ र कडेलले १९९ मत प्राप्त गर्नुभएको छ ।

उस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गर्नुभयो।

सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत हुनुभएको छ भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० प्राप्त गर्दै पराजित हुनुभएको छ । उपसचिवमा गंगालाल राजवंशी २२२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मतले पराजित हुनुभएको छ।

यस्तै, महिला उपसचिवमा डिल्लीमाया आयार्य २५४ मतसहित निर्वाचित हुनुभयो भने उहाँको प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गर्दै पराजित हुनुभयो ।

लेखा अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित भएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *