कर्मचारी कुटपिट भएपछि महोत्तरीमा विद्युत सेवा अवरुद्ध

२२ भदौ, महोत्तरी । महोत्तरीमा बिद्युत प्राधिकरणका कर्मचारीमाथि हातपात भएपछि सम्सी गाउँपालिका-५ पोखरभिन्डाको विद्युत सेवा अवरुद्ध भएको छ ।

बिहीबार बिद्युत चुहावट रोक्न गएका कर्मचारीमाथि स्थानीय केही व्यक्तिहरुले कर्मचारीमाथि कुटपिट गरेको भन्दै नेपाल विद्युत प्राधिकरणले आरोपीहरुमाथि कारवाही नभएसम्मको लागि सो क्षेत्रको विद्युत अनिश्चितकालका लागि अवरुद्ध गरेको जनाएको छ ।

नेपाल बिद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयको निर्देशन र माथिल्लो निकायको निर्देशनमा उक्त क्षेत्रमा विधुत अवरोध गरिएको जलेश्वर वितरण केन्द्रका प्रमुख ई. माघवेन्द्र यादवले जानकारी दिए ।

बिहीबार बिहान १० बजेदेखि उक्त स्थानमा रहेको दुई ट्रान्सर्फमरबाट बिद्युत सेवा काटिएको छ । सम्सी गाउँपालिका-५ पोखरभिन्डामा पन्ध्रसय ग्राहक रहेका छन् ।

बिद्युत सेवाअवरुद्ध हुँदा स्थानीय मार्कामा परेका छन् । बिद्युत अवरुद्ध हुँदा गर्मीमा बालबालिका र बृद्धहरुलाई समस्या परेको स्थानीयहरुले बताएका छन् ।

महोत्तरीमा विधुत चुहावट रोक्न गएका कर्मचारी माथी कुटपिट भएको छ । सम्सी गाउँपालिका-५ पोखरभिण्डामा विधुत चुहावट रोक्न गएको टोलीमाथि कुटपिट भएको नेपाल बिधुत प्राधिकरण जलेश्वर शाखाका कर्मचारी मनोज यादव घाइते भएका छन् ।

यादवको टाउको, कान र आँखामा चोट लागेको घाइते यादवको जलेश्वरस्थित जिल्ला अस्पतालमा उपचार भैरहेको जलेश्वर वितरण केन्द्रका प्रमुख ई.माघवेन्द्र यादवले बताए ।

बिधुत हुकिङ्ग गरी चोरी गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता नजनाए सम्म बिधुत सेवा अवरुद्ध नहुने उनले बताए । त्यसको लागि स्थानीयहरुले लिखित प्रतिवद्धता जनाउनुपर्ने उनको भनाइ छ ।

आफ्नो कर्मचारीमाथि हातपात भएपछि नेपाल विधुत प्राधिकरणले आरोपीहरुमाथि कारवाही पीडितलाई क्षतिपूर्ति नभएसम्मको सो क्षेत्रको विधुत अनिश्चितकालका लागि अवरुद्ध हुने बताए ।

कुटपिटमा संलग्नहरुको पहिचान भैसकेको र उनीहरुलाई पक्राउ गरी कार्यवाही गर्न बिधुत प्राधिकरणले जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएको छ ।

विधुत चुहावट नियन्त्रणको लागि पुगेको सोही टोलीले सम्सी गाउँपालिका र लोहारपटटी नगरपालिका लगायतका विभिन्न स्थानबाट २५ जना बिधुत हुकिङ्ग गरी चोरीमा संलग्नहरुलाई पक्राउ गरेको छ ।

जलेश्वर बितरण केन्द्रका अनुसार बिधुत चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिइएकाहरु पाँच हजारको दरले जरिवाना गरीएको छ ।

बिधुत चोरीमा संलग्नहरु जरीवानमा बुझाएपछी जिल्ला प्रहरी कार्यालयबाट विहिवार साँझ छुटेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *