आईसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दै

आईसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ । नेपालले आज आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकासँग अभ्यास खेल खेल्न लागेको हो । डल्लासस्थित स्टेडिययममा हुने यी दुई टोलीबीको खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ।यसअघि नेपालले क्यानडासँग गत सोमवार खेलेको पहिलो औपचारिक अभ्यास खेलमा ६३ रनले पराजित भएको थियो । आइतवारबाट सुरु हुने टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालसँगै समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *