विष्णुमाया विष्टको हत्या आरोपमा दुई प्रकाउ , अभियुक्तलाई आज सार्वजनिक गर्दै

झापाको बिर्तामोड नगरपालिका–४ कि ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । घटनामा संलग्न भएको आरोपमा बुधबार प्रहरीले बिर्तामोडका गङ्गा चौधरी र अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । बिस्टको हत्या भएको २० दिनपछि अभियुक्त सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्ने जनाएको छ । गत बैशाख २६ गते मध्यरातमा आफ्नै घरभित्रै विष्णुमायाको खन्तीले हानेर हत्या गरिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *