टी २० विश्वकप क्रिकेटमा पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

आईसीसी टी २० विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर   ४ बलमा ४ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बोहराले समान १ विकेट लिए ।यसअघि अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ३५ रनाए । यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जोडे । नेदरल्यान्ड्सका टिम प्रिङ्गेलले र लोगन भान वीकले समान ३ तथा पल भान मीकेरेन र बस दी लीडेले समान २ विकेट लिए । अब नेपालले लिग चरणको दोस्रो खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्रो जुन १५ मा दक्षिण अफ्रिका र चौथो तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *