सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ४४ हजार रुपैयाँ पुग्यो

जेठ २४, काठमाण्डौ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको भाउ एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन एक हजार आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *