फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल नेपालले आज यूएईसँग खेल्दै

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो । नेपाल र यमन बीचको खेल पनि यही स्टेडियममा हुँदैछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *