आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डसंग नामिबिया ५ विकेटले पराजित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले हराएको छ। टस जितेरर पहिला ब्याटिङ्ग गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनायो । १५६ रनको लक्ष्य स्कटल्याण्डले १८ ओभर ३ बलमा ५ विकेटको क्षतिमा भेट्टायो । जितसँगै स्कटल्याण्ड समूह बी को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने नामिबिया तेस्रो स्थानमा रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *