आईसीसी टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजले युगाण्डालाई १ सय ३४ रनले हरायो

आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह सी को खेलमा वेस्ट इन्डिजले युगाण्डालाई एक सय ३४ रनले हराएको छ । वेस्ट इन्डिजले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको युगाण्डा १२ ओभरमा ३९ रन मात्रै बनाएर अलआउट भयो । युगाण्डाका लागि जुमा मियागीले अविजित १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् । वेस्ट इन्डिजका अकेल होसेनले सर्वाधिक पाँच विकेट लिए । यस्तै अलजारी जोसेपले दुई, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक विकेट लिए ।यसअघि गुएनाको प्रोभिडेन्स रङ्गशालामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रन बनायो । वेस्ट इन्डिजका लागि जोनसोन चाल्र्सले सर्वाधिक ४४ रन बनाए र आन्द्रे रसेलले ३० रन बनाए । युगाण्डाका ब्रायन मसाबाले दुई विकेट लिए । यस्तै अल्पेश रामजानी, कोसमस केयूटा र दिनेश नक्रानीले समान एक विकेट लिए ।

यो जितसँगै वेस्ट इन्डिज चार अङ्कसहित समूहको दोश्रो स्थानमा छ । समान अङ्क भएको अफगानिस्तान समूहको शीर्ष स्थानमा छ । दुई खेलमा एक जित र एक हार खेलेको युगाण्डा दुई अङ्कसहित समूह तालिकाको तेश्रो स्थानमा यथावत् छ । समूह सी मा रहेको युगान्डा पहिलो खेलमा अफगानिस्तानसँग एक सय २५ रनले पराजित भएको थियो । उसको आफ्नो दोस्रो खेलमा पपुवा न्यूगिनीलाई तीन विकेटले हराएको थियो । वेस्ट इन्डिजले पनि आफ्नो पहिलो खेलमा पीएनजीलाई पाँच विकेटले हराएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *