टी–२० विश्वकप पपुवा न्यू गिनीलाई हराउँदै अफगानिस्तान सुपर आठमा प्रवेश

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान सुपर आठमा पुगेको छ । आज बिहान भएको खेलमा पपुवा न्यू गिनीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर आठमा पुगेको हो । टस हरेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यू गिनीले १९ ओभर ५ बलमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो । अफगानिस्तानले भने १५ ओभर १ ओभरमा मात्र तीन विकेट गुमाएर १ सय १ रन बनाउँदै लक्ष्य पार गर्‍यो । अफगानिस्तान समूह ‘सी’ बाट सुपर आठमा पुगेको हो । यही समूहबाट यसअघि वेष्ट इन्डिज सुपर आठमा पुगिसकेको छ । समूह ‘सी’ तालिकामा तीन खेल खेलेको अफगानिस्तान ६ अङ्कसहित पहिलो र समान खेलबाट समान अङ्क बटुलेको वेष्ट इन्डिज दोस्रो स्थानमा छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *