पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा एकै घरका चार जनाको मृत्यु

पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा एकै घरका चार जनाको मृत्यु भएको छ । प्रहरी नायव उपरिक्षक रवी रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनिहरुका दुई सन्तानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्ष ७० का रामवहादुर साम्रा, उनका श्रीमती वर्ष ४८ का जसमाया लिम्वू, उनीहरुका दुई जुम्ल्याहा छोरीहरु बर्ष १० का गंगा र जमुना रहेको रावलले जानकारी दिए । अन्य दुई जना घाईते भएका छन् । सिंवा प्रहरी चौकीवाट प्रहरी टोलि,फुङलिङ नगरपालिका १० मित्लुङ हाइड्रोपावरमा रहेको खटिएको नेपाली सेनाको टोलि सहित स्थानीयले पहिरोवाट शव निकालेको रावलले जानकारी दिए ।घटनास्थल सदरमुकाम फुङलिङवाट पाँच घण्टाको दुरीमा रहेको छ । जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरिक्षक कमल लुंगेलीको थप टोलि परिचालन गरिएको रावलले जानकारी दिए । यही गाउँपालिकाको सिसेवा र सिस्ने खोलामा आएको वाढीले विहिवार चारवटा अस्थायी पुल तथा उक्तर तर्फ जोड्ने सडक अवरुद्ध वनाएको छ भने ताप्लेजुङ् कै अन्य विभिन्न ठाउँमा पनि बाढीपहिरोको जोखिम बढ्दै गएको छ  ।

गतवर्ष असार २ गते पनि ताप्लेजुङ् जिल्लाकै सिदिङवा गाउँपालिका मेहेलेमा छ जनाको ज्यान गएको थियो । हरेक बर्षा यस्ता बिपत्ति बाट धेरै धनजन र भौतिक   संरचनाहरूमा क्षति पुगे पनि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको खासै चासो गएको भने देखिँदैन।

Leave a comment

Your email address will not be published. Required fields are marked *