शिवसताक्षीमा एकै परिवारका तीन जना मृत फेला

झिलझिले, जेठ ३२ ।   झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा शुक्रबार बिहान एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन्। दुई बालकसहित तीनजना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीय सुजन बेस्राकी २५ वर्षीया श्रीमती अन्जली बेस्रा , उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् । प्रहरीका अनुसार अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

सुजन बेस्रा वैदेशिक रोजगारीका लागि कतारमा छन्। शबको प्रकृति हेर्दा यो घटना बिहीबार साँझको जस्तो छ,’ स्थानीयवासीले भने ’सबको छेउमा जाँदा विषादी गनाउँछ । छोरालाई बीस ख्वाए लगत्तै आफूले पनि बीस सेवन गरेको र आत्महत्या गरेको जस्तो घटनाको प्रकृतिले देखिन्छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *