आइसिसी टी २० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

आइसिसी टी २० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । यो सँगै नेपालको सुपर ८ यात्रा पनि समाप्त भएको छ ।

शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा ११६ रनको विजयी लक्ष पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११४ रन बनाउन सक्यो।नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित पौडेल शून्यमा बोल्ड आउट भए। दीपेन्द्र ६ रनमा आउट भए ।

कुशल मल्ल १, सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए।बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्शी ४ विकेट एनरिच नोर्त्जे र ऐडेन मक्रमले १र१ विकेट लिए।यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो।दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। उनले ५ चौका र १ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे। ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए।सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

पराजित भएसँगै एक खेल बाँकी छँदै अन्तिम आठमा प्रवेश गर्न असफल भएको छ। समूह ‘डी’मा रहेको नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *