बिर्तामोडको मुक्तिचोकमा पिकअपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

४ असार, बिर्तामोड ।  झापाको बिर्तामोडस्थित मुख्यचोकमा पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ ।

आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो ।

भेनको ठक्करबाट सख्त घाइते भएकी मोरङ रतुवामाई-८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मे. १ च ६६१३ नम्बरको भेन र चालक बिर्तामोड १ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *