इलामको फाकफोकथुममा छ वटा सिँचाइ आयोजना निर्माण

५ असार, इलाम ।  इलामको फाकफोकथुम गाउँपालिकामा चार करोड १९ लाख ८२ हजार रुपैयाँको लागतमा ६ वटा सिँचाइ आयोजना निर्माण भएका छन्। चालु आर्थिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ ।

आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण  भएका छन् । फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नम्बर ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ । आयोजना सम्पन्न भएपछि फाकफोकथुमका ६ वटा वडाका खेतबारीमा बाह्रै महिना पानी पुग्नेछ ।

आयोजनाबाट दुई सय १७ हेक्टर क्षेत्र सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास छ । फाकफोकथुममा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मुला, काउली, सिमीको व्यावसायिक खेती हुँदै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *