झापामा चलचित्र पत्रकार संघको आयोजनामा चलचित्र पत्रकारिता तालिम

११ असार, बिर्तामोड ।  चलचित्र पत्रकार संघ झापाले जिल्लाका पत्रकारहरुलाई चलचित्र पत्रकारिता सम्बन्धी तालिम दिएको छ ।

बिर्तामोड नगरपालिका झापाको आर्थिक सहयोगमा एक दिवसीय चलचित्र पत्रकारिता तालिम सञ्चालन गरिएको हो ।

चलचित्र क्षेत्रमा कमल चलाउन सहयोग गर्ने उद्देश्यले झापामा चलचित्र पत्रकार संघले पहिलो पटक तालिमको आयोजना गरेको अध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो । आज बिर्तामोडमा भइरहेको तालिमको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईले फोटो खिच्दै गर्नुभएको हो । पत्रकारिताले सबैलाई समेट्नुपर्ने भन्दै नगर प्रमुख प्रसाईले चलचित्र पत्रकारितासँगै विकास निर्माण र पर्यटन क्षेत्रको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारको क्षमता विकासमा बिर्तामोड नगरपालिका सधैंव सकारात्मक रहेको बताउनुभयो ।

एक दिवसीय तालिममा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी र संस्थापक अध्यक्ष शान्ती प्रीयले सहजीकरण गर्नुभएको हो ।

चलचित्र पत्रकार संघ झापाका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी, संस्थापक अध्यक्ष शान्ती प्रीय, अग्रज पत्रकार सुब्रत न्यौपाने, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, नेपाल चलचित्र पत्रकार संघका केन्द्रीय सदस्यका केन्द्रीय सदस्य मिजास पोखरेल, चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार सुरज प्रधानले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *