प्रतिनिधि सभाबाट आजको बैठकमा तीन वटा विधेयक पारित

प्रतिनिधि सभाबाट तीन वटा विधेयक पारित भएको छ । प्रतिनिध सभाको आजको बैठकमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ बहुमतले पारित भएको हो ।बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०८१ लाई पारित गरियास् भन्ने प्रस्ताव बहुमतबाट पारित भयो । यो विधेयकमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल, डाक्टर प्रकाशशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिनुभएको थियो ।छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवम् लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताउनुभयो ।त्यसअघि यो विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

यस्तै बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भयो । यो विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले अस्वीकृत गरेका थिए ।यस्तै बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएको भन्सार महसुल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भयो । यो विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधि सभाका बहुमत सदस्यहरूले अस्वीकृत गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *