राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रचण्डलाई एमालेको आग्रह

१८ असार, काठमाडौं । राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले आग्रह गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले यस्तो आग्रह गरेको हो।

सचिवालय बैठकका निर्णय जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले नै सत्तासमीकरण बदल्न वातावरण बनाएको निष्कर्ष बैठकको रहेको जानकारी दिनुभयो।

उहाँले नयाँ परिस्थिति बनेकाले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।

Leave a comment

Your email address will not be published. Required fields are marked *