अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश

कोपा अमेरिका फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । टेक्सासको एनआरडी स्टेडियममा निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो ।अर्जेन्टिनाका सिसान्द्रो मार्टिनेज पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।

तर इन्जुरी समयमा इक्वेडरका केभिन रोड्रिग्युजले एक गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । अर्जेन्टिना समूह ए को विजेता बन्दै र इक्वेडर समूह बी को उपविजेता बन्दै अन्तिम–८ मा पुगेका हुन् । यस्तै भोलि बिहान पौने ७ बजे भेनेजुएला र क्यानडा खेल्दैछन् । यस्तै पर्सि आइतवार बिहान पौने ४ बजे कोलम्बिया र पनामा तथा त्यही दिन बिहान पौने ७ बजे उरुग्वे र ब्राजिल खेल्दैछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *