झापाका तीन स्थानमा बाढीको सूचना दिने साइरन जडान

बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्षित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ । कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जीवारिमा स्वचालित साइरन जडान गरिएको छ । उक्त साइरन स्कुलको छतमा जडान गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *