युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दै

युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स खेल्दैछन् । यो खेल राति पौने १ बजे जर्मनीको एलिनाज एरिनामा शुरु हुनेछ ।

फ्रान्स पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराएर अन्तिम चारमा पुगेको हो । स्पेनले भने जर्मनीलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । दोस्रो सेमिफाइनलमा भोलि राति इंग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरोकपको फाइनल आउँदो सोमवार राति हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *