अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटनाग्रस्त भेटियो

२३ भदौ, काठमाडौं । गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा धादिङको जंगलमा भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार 9NALS कल साइन भएको उक्त हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको छ।

‘सत्यदेवी जंगलमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको छ। तर यात्रुको अवस्था के कसो छ जानकारी छैन’, उनले भने, ‘उद्दारका लागि गएका हेलिकोप्टरबाट तल देखियो तर ल्यान्ड गर्न सकिएको छैन।’

यो पनि पढ्नुहोस

https://koshidarpan.com/2018/09/08/749/

Leave a comment

Your email address will not be published. Required fields are marked *