विश्वासको मत नपाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल हुनुभएको छ । विश्वासको मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । उहाँको प्रस्तावको पक्षमा जम्मा ६३ मत परेको छ । यस्तै १ सय ९४ जना सांसदले विपक्षमा मत दिएका छन् । यस्तै १ जना सांसदले मत दिएनन् । आजको बैठकमा २ सय ५८ जना सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ मत चाहिन्छ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा ९२० अनुसार आज ५ औँ पटक विश्वासको मत लिनुभएको हो । यसअघि ४ पटक विश्वासको मत प्राप्त गर्नुभएका प्रचण्ड यसपटक असफल हुनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *