केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ समाराेहमा हुने

३० असार, काठमाण्डाै  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आज प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गर्नुभएको हो ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ ।

प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तोसमेत पठाएको छ । शपथ भोलि बिहान ११ बजे राष्ट्रपति निवास शीतल निवासमा हुनेछ । सबै सांसदहरूलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्ने गरी सङ्घीय संसद्का महासचिवलाई कार्यालयले पत्र पठाएको हो ।

ओली अहिले चाैथाेपटक प्रधानमन्त्री बन्नुभएको हो । उहाँ पहिलो पटक २०७२ सालको असोज २४ गते र दोस्रोपटक २०७४ सालको फागुन ३ गते र तेस्राेपटक २०७८ सालकाे वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग सहकार्य भएसँगै ओली प्रधानमन्त्री बन्नुभएको हो । अर्को चुनावसम्म एमाले र कांग्रेसले आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *