महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता नेपालले टस जितेर पहिले बलिङ गर्ने

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता नेपालले टस जितेको छ । नेपालकी कप्तान इन्दु बर्माले श्रीलङ्काको दम्बुलामा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छिन् । आजको खेलमा नेपाली टोलीको प्लेइङ–११ मा रुबिना क्षेत्री, सीता राना मगर, विन्दु रावल, इन्दु बर्मा, काजल श्रेष्ठ, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, कृतिका मरासिनी र सबनम राई छन् । नेपाल र यूएईको खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् । एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *