सुखानी सहिद स्मृति पार्कमा राष्ट्रिय युवा संघ नेपालको वार्डस्तरीय वृक्षारोपन कार्यक्रम

५ साउन, झापा ।  झापाको अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति पार्क मा ‘एक युवा, पाँच विरुवा’ अभियान जारी गरिएको छ ।

विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत आज शनिबार वृक्षारोपण गरिएको हो ।

अर्जुनधारा ०९ नम्बर वडा कमिटीको आयोजनामा आज वृक्षारोपण गरिएको छ । संघ का वडा अध्यक्ष विपुल राई , युवा सङ्घ केन्द्रीय कमिटीको एक युवा पाँच बिरुवा वृक्षारोपण अभियान अन्तरगत अर्जुनधारा ०९ सुखानी सहिद सहिद स्मृति पार्क  परिसरमा वृक्षारोपण गरिएको जानकारी दिनुभयो । वातावरणमा सुन्दरता ल्याउन, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षारोपण अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।

वृक्षारोपण कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय युवा संघ को स्थायी केन्द्रीय कमिटी सदस्य रोजिना पाण्डे (उमा)ले प्राकृतिक विपत्ति न्यूनीकरणका लागि वृक्षारोपण अनिवार्य भएको बताउनुभयो । “बढ्दो जनसङ्ख्या र सहरीकरणले प्रदुषण र वन विनाश भइरहेको छ”, उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि वृक्षारोपण गर्नैपर्छ, युवा सङ्घको केन्द्रीय कमिटीले देशव्यापी रुपमा यो अभियान शुरु गरिरहेको छ ।”

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला कमिटी सचिवालय सदस्य उमेश मिश्र युवा सङ्घ अर्जुनधारा नगर कमिटी र मातहतका कमिटीले धेरै रचनात्मक काम गर्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसको गरिमालाई अझ उच्च राख्नुहोला ।”

कार्यक्रममा बिशिष्ट अथिति नेकपा एमाले अर्जुनधारा नगर कमिटी अध्यक्ष बृख प्रधान ले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव घरेन्द्र डाँगीले गर्नुभएको थियो । कार्यक्रममा वडा कमिटी पदाधिकारी तथा सदस्य, नेकपा एमाले पार्टी नेताकार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *