करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु

झापाको दमक नगरपालिकामा आज दिउँसो खोल्सीमा करेन्ट लगाएर माछा मार्नेक्रममा एक जनाको मृत्यु भएको छ । इलाम सुर्योदय नगरपालिका वडा नं। १३ लक्ष्मिपुर घर भई हाल जिल्ला झापा दमक नगरपालिका वडा नं. ३ धिमाल टोल बस्ने तेजबहादुर धिमालको घरमा बस्दै आएको सुर्य राईको छोरा बर्ष १९ को मौषम राईले घरदेखी करिब ३० मिटर पश्चिम पट्टि रहेको खोल्सिमा घरबाट बिजुलीको तार जोडि करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि घाइते भएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *