महिला टी–२० विश्वकप २०३० मा १६ वटा टिम सहभागी हुन पाउने

७ साउन, काठमाण्डाै ।  आईसीसी महिला टी–२० विश्वकप क्रिकेट २०३० मा १६ वटा टिम सहभागी हुन पाउने भएका छन् । आईसीसी बोर्डले महिला टी–२० विश्वकप २०३० मा १६ वटा टिमलाई सहभागी गराउने पुष्टि गरेको हो ।

पुरुष र महिला खेलबीच समानताको प्रतिबद्धता स्वरूप टिमको सङ्ख्या बढाएर १६ वटा पुर्‍याएकाे आईसीसीले जनाएको छ । गएको जुनमा भएको पुरुष टी–२० विश्वकपमा २० वटा टिम सहभागी थिए ।

सन् २००९ देखि शुरु भएको महिला टी–२० विश्वकपमा आईसीसीले टिमको सङ्ख्या बढाउँदै लगेको छ । सन् २००९ देखि २०१६ सम्म १० वटा टिम रहेकोमा आईसीसीले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा टिमको सङ्ख्या १२ पुर्‍याएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *