“अजम्बरी बनोस् हाम्रो माया जुनिजुनी” बोलको म्युजिक भिडियो सार्बजनिक

गायक तुलसी शिवाकोटी र देवी शिवाकोटी प्रसाईंको आवाजमा रहेको “अजम्बरी बनोस् हाम्रो माया” गितले धेरै दर्शक र श्रोताहरुको माया पाएर सफलताको शिखरमा पुग्न सफल भएको छ । यस म्युजिक भिडियोमा कलाकारहरु आकाश श्रेष्ठ , गरिमा शर्मा, गणेश प्रसाईं र देवी शिवाकोटी प्रसाईंलाई देख्न सकिन्छ । झापा जिल्लाको धाइजनमा जन्मिएका गणेश प्रसाईं र मेचनगर काकडभिट्टामा जन्मिएकी देवी शिवाकोटीको विवाह पछिको माया प्रेमलाई गितमा समेटिएको छ । यस भिडियोमा एउटा विवाहित जोडीले पच्चीस बर्ष पार गर्दै गर्दा माया प्रेमको लागि गरिएको त्यागलाई देखाइएको छ । गणेश प्रसाईं एक सफल व्यवसायी साजसेवी र एक दक्ष निर्देशक पनि हुन । लामो समयको मेहनतपछि बिवाहको २५औ महोत्सवको दिन पारेर प्रसाईं दम्पतीले आफ्नै निजि निवासमा यस म्युजिक भिडियोको सुटिङ गरेका हुन् । नवराज शर्माको शब्द रचना र सि .डी विजय अधिकारीको संगीत रहेको यस भिडियोको निर्देशन प्रहिल कर्कीले गरेका हुन् । रहेको गितलाई यतिबेला टिकटमा पनि अत्याधिक रुचाइएको छ । यस म्युजिक भिडियोलाई आधिकारिक तुलसी शिवाकोटी अफिसियल च्यानल मार्फत म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *