पूर्वेलीले थप्यो पाँचवटा नयाँ ट्रक, ढुवानी सेवालाई थप सहज बनाइने

११ साउन, बिर्तामोड ।  पुर्वेली ढुवानी सेवा प्रा.लि. ले पाँचवटा दस चक्के ट्रक थपेको छ । झापाको बिर्तामोड -५मा रहेको उक्त कम्पनीले पाँचवटा ट्रक थप गरि आफुले दिने सेवामा थप सहज बनाएको हो ।

उक्त कम्पनीले पुर्वी क्षेत्रमा भइरहेका बिकास निर्माणका काममा विभिन्न निर्माण कम्पनीसङ्ग प्रत्यक्ष रुपमा निरन्तर सहयात्रा गरिरहेको संचालक निर्मल खत्रीले बताउनु भयो ।

समयको माग र आवस्यकतालाई ध्यानमा राखी आक्रामक रुपमा सेवा बिस्तार गर्ने उद्देश्यले तत्काल दस चक्के पाँचवटा गाडी (TATA SIGNA) थप गरि आफुले दिने सेवा मजबुत बनाएको खत्रीले बताउनु भयो ।

इटहरीमा शाखा बिस्तार गरिसकेको उक्त कम्पनीले निर्माणका लागि आवश्यक पर्ने रड, सिमेन्ट लगायतका सामाग्री ढुवानी गरि बिगत पाँच बर्षदेखिदेखि सेवा दिइरहेको छ ।

पुर्वेली ढुवानी सेवा प्रा.लि. ले कोशी प्रदेशमा नै सबै भन्दा धेरै संख्यामा ट्रक खरिद गरिसकेको छ ।

कम्पनी संचालक खत्री युवा व्यवसायी तथा समाजसेवी पनि हुनुहुन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *