जहाज दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, ६ जनाको शव परिवारले बुझे

१२ साउन, काठमाडौं ।  सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव परिवारले बुझेका छन् । सनाखत भने सबैको भइसकेको त्रिवि शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभागले जनाएको छ ।

अस्पतालका अनुसार शुक्रबार ६ जनाको शव परिवारलाई बुझाइएको छ । मृत्यु भएका को–पाइलट सुशान्त कटवालसहित उद्धव पुरी, अश्विनकुमार निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र दिलीपकुमार बर्माको शव अस्पतालले परिवारलाई बुझाएको हो । बाँकी शव शनिबार बुझाउने तयारी छ । सबै शवको सनाखत भइसकेको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले बताउनुभयो ।

अन्य अस्पतालका फरेन्सिक विभागका चिकित्सकलाई समेत खटाएर छिटो पोस्टमार्टम गरिएको अस्पतालले जनाएको छ ।

कतिपयको शव क्षतविक्षत भएको थियो । जसकारण जिउमा भएका लुगा तथा गरगहना, शरीरका निशानी, दाँतको बनावट र आफन्तले दिएको हुलियाको वर्णनका आधारमा शवको सनाखत गरिएको अस्पतालले जनाएको छ । मृतकका परिवारले भने एयरलाइन्सले राहत तथा क्षतिपूर्तिका विषयमा कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *