एसीसी एशिया कप क्रिकेटको उपाधिका लागि आज भारत र आयोजक श्रीलङ्का खेल्दै

एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे शुरु हुनेछ ।अस्ति भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली श्रीलङ्का र पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराएर भारत फाइनलमा पुगेको हो । भारत यसअघि भएका आठमध्ये सात संस्करणको च्याम्पियन टोली हो । सन् २०१८ मा बङ्गलादेशले उपाधि जितेको थियो । श्रीलङ्का पाँचौपल्ट फाइनलमा पुगेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *