कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा बृहत पूजापाठ सम्पन्न

झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा बृहत पूजापाठ गरिएको छ । ज्येष्ठ नागरिक संघ कनकाई–८ नं. वडा समितिको आयोजनामा ज्येष्ठ नागरिक भवन लक्ष्मीपुरमा विश्व शान्ति, मानव कल्याण, दिवंगत ज्येष्ठ नागरिक र सदस्यहरुको सम्झनामा शुक्रबार एक दिने बृहत् पूजापाठ गरिएको हो । उक्त पूजापाठमा रुद्री, चण्डी, भागवत, सत्यनारायण, गीता पाठसहित लक्षवर्ति दीप प्रज्वलन एवम् हवनादि गरिएको संयोजक धनपति खनालले जानकारी दिनुभयो । पाँच जना विशिष्ट   पण्डितहरुको अगुवाईमा भएको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, ज्येष्ठ नागरिक संघका नगर अध्यक्ष शम्भुप्रसाद पोखरेल, सचिव कृष्णप्रसाद घिमिरे, निवर्तमान अध्यक्ष पुण्यप्रसाद बारकोटी, जग्गा दाता तुलसा कटुवाल लगायत  नं वडाका नं १, ३, ६ का जनप्रतिनिधि  लगायत एक सय भन्दा धेरै जनाको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *