हल्दिबारीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

१७ साउन, झापा । हल्दिबारी गाउँपालिका वडा नम्बर ५, सोडागान्धि चोक स्थित हुलाकी मार्गमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। राजगढबाट जलथलतर्फ आउँदै गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार दुई पुरुषलाई उपचारका लागि बिर्तामोड स्थित बी एण्ड सी अस्पताल पठाइएको थियो। चिकित्सकले उपचारको क्रममा ८ बजे दुबैजनालाई मृत घोषित गरेका छन्। मृतकहरूको पहिचान खुल्न सकेको छैन।

पिकअप चालक, झापा भद्रपुर नगरपालिका वडा नम्बर २ निवासी ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *