महिला भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हरायो

१९ साउन, काठमाण्डौ । महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो । आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । दोस्रो सेटमा भारतले २५–१२ ले पुनरागमन गर्‍याे । तेस्रो सेट नेपालले २५–१ ले जित्यो । चौथो सेट भारतले जितेर खेल २–२ को बराबरीमा ल्यायो । पाँचौ सेट जितेर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

आजको जीतसँगै नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । भारतले यसअघि इरान र भाल्दिभ्सलाई हराएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरान सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *