आर्थिक बर्ष २०८०/८१ मा १०८ जना नेपालीहरुले नेपाली नागरिकता त्यागे

२० साउन, झापा ।   झापामा आर्थिक बर्ष २०८०/८१ मा १०८ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैह्र आवाशीय नागरिकता लिएको पाइएको छ ।

नेपालीहरुले अर्को देशको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपर्ने नियम रहेको र यस आर्थिक बर्षमा मात्रै १०८ जना नेपालीहरुले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशाशन कार्यालय झापाका सुचना अधिकारी समेत रहनुभएका सहयाक प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपालले बताउँनुभयो ।

यस आर्थिक बर्षमा १८ हजार २२ जनाले बंशजका आधारमा र ६९२ जनाले बैवाहिक अंगिकृतका आधारमा गरि जम्मा १८ हजार ७ सय १४ जनाले नागरिकता लिएको झापाका सहयक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउँनुभयो । यस आर्थिक बर्षमा प्रतिलिपि नागरिकता निकाल्नेको सङ्ख्या झण्डै नयाँ नागरिकता बनाउनेकै हाराहारीमा रहेको पाइएको छ । झापामा आर्थिक बर्ष २०८०/८१ मा मात्रै १४ हजार ८ सय ४३ जनाले नागरिकताको प्रतिलिपि निकालेका छन । राष्ट्रिय परिचयपत्र लगायतका लागि समेत कतिपय पूराना भएका नागरिकताहरु तथा हराएका नागरिकताहरु पुन आवश्यक प्रक्रिया पूरा गरेर निकाल्नेहरुको सङ्ख्या बढेका कारण पनि यो सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

यसैगरि झापामा यस आर्थिक बर्षमा मात्रै १ लाख ३५ हजार ३२१ जनालाई सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्र वितरण गरेको छ भने यस अवधिमा ५१ हजार ३२४ जनाको परिचयपत्रका लागि आवेदन संकलन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । राष्ट्रिय परिचयपत्रका लागि अहिले झापाका १५ वटै स्थानीय तहमा अभियान समेत सञ्चालनमा रहेको जिल्ला प्रशासनले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *