धादिङमा गुडिरहेको माइक्रोबसमा पहिरोसँगै खसेको रुखले लाग्दा ९ जना यात्रु घाइते

२१ साउन, काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै पोखरेखोलामा पहिरोसँगै खसेको रुखले गुडिरहेको माइक्रोबसमा लागेर ९ जना यात्रु घाइते भएका छन् । सुख्खा पहिरो खसेर केहीबेर राजमार्ग समेत अवरुद्ध भएकामा अहिले सडक खुलिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी नगेन्द्र मिश्रले जानकारी दिनुभयो ।

उहाँकाअनुसार घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

आज बिहान धादिङबेंसीबाट काठमाण्डौको लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रोबसमा पहिरोसँगै रुख ढलेर लागेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *