बिर्तामोडका दुईजना युवायुवती ब्राउन सुगरसहित पक्राउ

२३ साउन, बिर्तामोड । झापा बिर्तामोडका दुई युवायुवती लागूऔषधसहित पक्राउ परेका छन् ।

मंगलबार साँझ साढे ६ बजे कनकाई नगरपालिका-३ सेल्फिडाँडा जाने भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी र वडा नम्बर १ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा आशिकाको साथबाट प्लास्टिकसहित २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *